एसओएस सामाजिक केन्द्र गण्डकीको कोभिड प्रभावित परिवारलाई सहयोग


     एभरेस्ट आवाज    
     असार १४ गते २०७८ मा प्रकाशित




तस्बीरः एसओएस बालग्राम गण्डकी

एसओएस सामाजिक केन्द्र गण्डकीले कोभिड प्रभावित २ परिवारलाई आर्थिक लगायत स्टेशनरी सामग्री सहयोग गरेको छ।

एसओएसको ३५ औं अन्तर्राट्रिय दिवसको अवसरमा पोखरा महानगर वडा नं १५ र २२ मा कोभिडबाट प्रभावित २ परिवारलाई एसओएस सामाजिक केन्द्र गण्डकीले आर्थिक तथा स्टेशनरी सामग्री सहयोग गरेको हो।

कोभिडका कारण बाबुआमा गुमाएका कारण नातागोतामा आश्रित २ वटै परिवारमा बालबालिकाका लागि एसओएस सामाजिक केन्द्र गण्डकीले ब्याग, कलम, पेन, कापी लगायतका स्टेशनरी सामग्री सहयोग गरेको हो।

पोखरा–१५का वडाध्यक्ष प्रकाश पौडेल, सामाजिक अभियन्ता शिवबहादुर बाँनिया र एसओएस बालग्राम गण्डकीका योजना निर्देशक भगतकुमार श्रेष्ठ लगायतले संयुक्त रुपमा उनीहरुलाई नगद तथा जिन्सी सामग्री हस्तान्तरण गरे।

उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष प्रकाश पौडेलले एसओएस बालग्रामको मानवीय सहयोगको उच्च प्रशंशा गरे। उनले यस्तो मानवीय तथा समाज सेवाका लागि वडाले पनि आपत् विपद्मा परेका परिवारहरुको पहिचान र सहयोग गर्ने प्रतिबद्धता जनाए।

त्यस्तै, एसओएस सामाजिक केन्द्र गण्डकीका ईन्चार्ज राजेन्द्र रेग्मीले कोभिड प्रभावित परिवारजनलाई अझै पनि स्वस्थ्य स्थितिबारे सतर्कता अपनाउन आग्रह गरे। आफू र आफ्नो परिवारलाई यस्तो परिस्थितिसँग संयमतापूर्वक सामना गर्न उत्प्रेरणा जगाउनुपर्ने उनको सुझाव थियो। उनले आफ्नो परिवारको स्वास्थ्य बीमा गर्न समेत सुझाव दिए।

एसओएस बालग्रामले अभिभावक गुमाएका तथा अभिभावक गुमाउने जोखिममा रहेका बालबालिकाहरुको संरक्षणका एवं आर्थिक कमजोर परिवारका बालबालिकाहरुका लागि शैक्षिक सहयोग र पारिवारिक सवलीकरण कार्यक्रममार्फत समुदायस्तरमै कार्य गर्दै आएको छ।

एसओएस बालग्राम नेपालद्वारा हालको कोभिड १९ को महामारीका कारण प्रभावित परिवारलाई थप आपतकालीन सहयोग गर्न सबै प्रदेश सरकारमार्फत समन्वय र सहकार्यका लागि अपिल समेत गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।