युरोकप फुटबलः साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा


     एभरेस्ट आवाज    
     असार १४ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियमले युरोकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

स्पेनमा गएराति भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो।

खेलको ४२ औं मिनेटमा थोर्गन हाजार्डले गरेको गोल नै बेल्जियमलाई क्वार्टरफाइनल पुग्न निर्णायक बन्यो।

यससँगै पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ। ऋब, बेल्जियमले इटलीसँग क्वार्टरफाइनल खेल्नेछ। अस्ट्रियालाई हराउँदै इटली यसअघि नै अन्तिम आठमा पुगिसकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।