तस्बीरः एजेन्सी
चेक रिपब्लिकले नेदरल्याण्ड्समाथि शानदार जित निकाल्दै युरोकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
हंगेरीमा गएराति भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई २–० गोलले पराजित गरेको हो।
चेक रिपब्लिकको जितका लागि टोमस होल्स र प्याट्रिक सिकले १÷१ गोल गरे। चेक रिपब्लिकका टोमसले खेलको ६८ औं मिनेटमा र सिकले ८० औं मिनेटमा गोल गरे।
खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्याण्डस् १० खेलाडीमा समेटिएको थियो। क्वार्टरफाइनलमा चेक रिपब्लिकले डेनमार्कसँग खेल्नेछ। डेनमार्क वेल्सलाई हराएर क्वार्टरफाइनलमा पुगिसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







