फाइल तस्बीर
युरोकप फुटबलको नकआउट चरणमा आज (सोमबार) पनि २ खेलहरु हुँदैछन्।
आजको पहिलो खेलमा डेनमार्कको पार्केन एरिनामा राति पौने १० बजे स्पेन र क्रोएसियाबीच खेल हुनेछ।
रोमानियाको नेसनल एरिनामा राति पौने एक बजे फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल हुनेछ।
स्पेन समूह ‘ई’बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। स्पेनले पहिलो चरणमा ३ खेल खेलेकोमा स्विडेन र पोल्यान्डसँग बराबरी खेलेको थियो। त्यस्तै, स्लोभाकियालाई ५–० को फरक गोल अन्तरले हराएको थियो।
क्रोएसिया समूह ‘डी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो। क्रोएसिया इंग्ल्यान्डसँग पराजित बनेको थियो। त्यस्तै, चेक रिपब्लिकसँग बराबरी र स्कटल्यान्डलाई ३–१ गोलले हराएको थियो।
यस्तै, साविकको उपविजेता फ्रान्स समूह ’एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। फ्रान्सले जर्मनीलाई हराएको थियो भने हंगेरी र पोर्चुगलसँग बराबरी खेलेको थियो।
स्विट्जरल्यान्ड समूह ‘ए ’बाट उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। स्विट्जरल्यान्डले वेल्ससँग बराबरी खेलेको थियो भने इटलीसँग हारेको थियो। त्यस्तै, टर्कीमाथि ३–१ गोलको शान्दार जित निकालेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







