कोपा अमेरिकाः समुह उपविजेता बन्दै पेरु क्वार्टरफाइनलमा


     एभरेस्ट आवाज    
     असार १४ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

पेरुले कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ।

सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १–० ले पराजित गर्दै पेरु अन्तिम आठमा पुगेको हो।

पेरुको जितमा आन्द्रे कारिल्लोले निर्णायक गोल गरे। उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन्। यस जितसँगै पेरु समूह ’बी’ को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो। पेरुले ४ खेलमा ७ अंक जोड्यो। भेनेजुएला भने कोपा अमेरिकाबाट बाहिरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।