शुक्रराज माविलाई नेलम्बो नेपालद्वारा स्वास्थ्य सामग्री प्रदान


     एभरेस्ट आवाज    
     असार १४ गते २०७८ मा प्रकाशित




पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीमा रहेको श्री शुक्रराज माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेलम्बो नेपालले भौतिक उपस्थितिमै शैक्षिक शत्र ७८÷७९ का लागि नयाँ कक्षा भर्ना अभियान सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले डिस्पोजिवल मास्क, फेस सिल्ड, केएन ९५ मास्क, सेनिटाईजर, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, थर्मल गन, हात धुने साबुन, स्प्रे बोतल र कोभिड १९ सम्बन्धी सचेताना ब्रोसरलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो । विद्यालयलाई २७ हजार १ सय ६० रुपैया बरावरको स्वास्थ्य सामग्रीहरु नेलम्बो नेपालका अध्यक्ष एक देवकोटा र कार्यक्रम संयोजक डा.कसन कोइरालाले विद्यालयका प्रधानाध्यापक नरनाथ बराललाई हस्तान्त्रण गरेका थिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नेलम्बो नेपालका अध्यक्ष देवकोटाले उपलब्ध गाराईएका स्वास्थ्य सामग्रीहरुको सहि सदुपयोग हुने विश्वास व्यक्त गरे ।

सहयोग सामग्री ग्रहण गर्दै प्रधानाध्यापक बरालले नेलम्बो नेपालको सहयोगबाट प्राप्त स्वास्थ्य सामग्रीले विद्यार्थी भर्ना अभियान प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पोखराको ग्रह्रापाटनमा रहेको नेलम्बो नेपालले शिक्षा, स्वास्थ्यलगायतलाई स्वास्थ्य सामग्र वितरण गर्दै आएको छ भने जिल्ला प्रशासन कार्यालय अगाडि दैनिक रुपाम हेल्प डेस्क राखी मास्क तथा सेनिटाइजर निःशुल्क रुपमा वितरण गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।