कोरोना खोप पाउने आश्वासन पाएपछि ग्यास विक्रेताहरुले सेवा नियमित सञ्चालन गर्ने


     एभरेस्ट आवाज    
     असार १४ गते २०७८ मा प्रकाशित




एलपि। ग्याँस विक्रेता संघ कास्कीको माग वमोजिम कोरोना विरुद्धको खोप व्यवस्था गर्ने आश्वासन पाएपछि व्यवसायीले यथावत रुपमा सेवा सञ्चालन गर्ने भएको छन् । ग्याँस विक्रेता संघ कास्कीले आफ्ना व्यवसायीहरु घर–घर सम्म ग्याँस पु¥याउन जाँदा कोरोना संक्रमणको उच्च जोखिम हुने भन्दै कोरोना विरुद्ध खोप लगाउने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय कास्की र प्रदेश सरकारको स्वास्थ्य मन्त्री समक्ष माग राखेका थिए । आफ्नो माग सम्वोधन नगरिएपछि असार १० गतेबाट ग्याँसको आपूर्ति व्यवस्था वन्द गर्ने निर्णय गरेका थिए ।

सोमवार प्रदेश स्वास्थ्य मन्त्री मधु कुमारी अधिकारी र कास्कीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमसँग भएको छलफलमा अवको लट आउँदा खोप व्यवस्था गर्ने कार्यलाई अगाडि वढाउने सहमती भएपछि एल।पि। ग्याँस विक्रेता संघले आफ्नो आन्दोलन फिर्ता लिएको हो । एल।पि। ग्याँस विक्रेता संघ कास्की अध्यक्ष वालकृष्ण कोइरालाले आजैबाट कास्कीका डिपोहरुले कम्पनीबाट ग्याँस उठाएर आपूर्ति व्यवस्था सहज वनाउने प्रतिकृया दिए । कोइरालाका अनुसार कास्कीमा हाल करिव ५५ वटा डिपो र करिव ९ सय खुद्रा विक्रेता रहेका छन् । कास्कीमा नेपालका विभिन्न १८ वटा कम्पनीका गयाँस डिपो रहेका छन् । गयाँसको डिपो र खुद्रा व्यवसायीमा कार्यरत व्यवसायी र कामदारलाई लगाउन करिव एक हजार खोप आवश्यक पर्ने अध्यक्ष कोइरालाले वताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।