तस्बीरः एजेन्सी
साविक उपविजेता फ्रान्सलाई हराउँदै स्वीट्जरल्यान्डले पनि युरोकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
सोमबार राती भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै स्वीट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो।
यसअघि, निर्धारित समयको खेल ३/३ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि, थप गरिएको आधा घण्टामा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। जसमा स्वीट्जरल्यान्डले विजयी ५ गोल गर्दा फ्रान्स स्तब्ध बन्यो। अब, स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
हारसँगै फ्रान्स प्रतियोगिताबाट बाहिरिएको छ। साविक विजेता पोर्चुगल बाहिरिएको चौबिस घण्टा नबित्दै उपविजेता फ्रान्स पनि यसपटकको युरोबाट बाहिरिएको हो। पोर्चुगललाई बेल्जियमले हराएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







