तस्बीरः एजेन्सी
कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बोलिभियामाथि फराकिलो गोल अन्तरले जित निकालेको छ।
मंगलबार बिहान लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले बोलिभियामाथि ४–१ गोल अन्तरले जित निकालेको हो।
समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले २ गोल गरे।
अर्जेन्टिनाका लागि अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले १/१ गोल गरे। बोलिभियाका लागि इर्विन सावेद्राले १ गोल फर्काए।
समुह ‘ए’मा अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ। यससँगै अर्जेन्टिनाले क्वार्टरफाइनलमा यसअघि नै स्थान बनाइसकेको छ। बोलिभिया अंकविहिन हुँदै तालिकाको पुछारमा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







