युएईमा हुने भयो टी–२० विश्व कप क्रिकेट


     एभरेस्ट आवाज    
     असार १५ गते २०७८ मा प्रकाशित




तस्बिर: बीसीसीआई

आइसीसी टी–२० विश्व कप आयोजना युएईमा भएको छ।

आइसीसी टी–२० विश्व कपको आयोजना युएईमा पक्का हुने भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले पुष्टि गरेको छ।

भारतमा तय भएको विश्व कप कोरोना महामारीका कारण युएईमा पक्का हुने भएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का सचिव जय शाहले बताएको क्रिकेटसम्बन्धी वेबसाइट क्रिकबजले उल्लेख गरेको छ। शाहका अनुसार बीसीसीआईले विश्व कपको पहिलो चरणका खेल भने ओमानमा गर्न प्रस्ताव गरेको छ।

यसअघि, सन् २०२० मा अस्ट्रेलियामा हुने भनिएको टी–२० विश्व कप कोरोना महामारीका कारण रद्द भएको थियो।

‘खेल तालिकापछि प्रकाशित गरिनेछ। हामी चाँडै नै जानकारी दिनेछौँ’, बीसीसीआईका सचिव शाहले भनेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।