युरोकप फुटबलको क्वार्टरफाइनल समिकरण पूरा

- अन्तिम १६ को अन्तिम २ खेलबाट इंग्लाण्ड र युक्रेन क्वार्टरफाइनलमा


     एभरेस्ट आवाज    
     असार १६ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

यस संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनल समिकरण पूरा भएको छ।

गएराति प्रतियोगिताको नकआउट चरणको अन्तिम २ खेल सकिएसँगै क्वार्टरफाइनल समिकरण पूरा भएको हो।

गएराति इंग्ल्याण्डले जर्मनीलाई २–० ले र युक्रेनले स्वीडेनलाई २–१ ले हराएसँगै क्वार्टरफाइनल समिकरण पूरा भएको हो। मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम ८ मा पुग्ने टोलीको टुंगो लागेको हो।

जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड २–० गोलले विजयी बनेको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा इंग्ल्याण्डको जितमा राहिम स्टर्लिङ र ह्यारी केनले १÷१ गोल गरे। स्टर्लिङले खेलको ७५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने केनले ८६ औँ मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे।

इंग्ल्याण्डले मुख्य प्रतियोगितामा जर्मनीलाई हराएको सन् १९६६ यता पहिलो पटक हो। अब इंग्ल्याण्ड युक्रेन र स्वीडेनबीचको विजेतासँग क्वार्टरफाइनलमा भिड्नेछ।

युक्रेन र स्वीडेनबीचको खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुग्न सफल बन्यो।

१० खेलाडीमा सिमित स्विडेनविरुद्ध अतिरिक्त समयको अन्त्यमा अर्टेम डोभयकले निर्णायक गोल गरे।

अतिरिक्त समयको दोस्रो हाफअन्तर्गत ईन्जुरी समय अर्थात् खेलको १ सय २१ औं मिनेटमा उनले अलेक्सयान्द्रर जिन्चेन्कोको क्रसमा हेडरमार्फत निर्णायक गोल गरेका हुन्।

त्यसअघि खेलको २७ औं मिनेटमा जिन्चेन्कोकै गोलमा युक्रेनले अग्रता लिएको थियो । गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए। तर, ४३ मिनेटमा अलेस्यान्द्रर इसाकले स्विडेनबाट बराबरी गोल फर्काए।

यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम ८ मा स्थान बनाएका छन् । तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठूला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन्। अन्तिम ८ को खेलहरु शुक्रबारबाट सुरु हुनेछ।

शुक्रबार राति ९ः४५ बजे स्विट्जरल्यान्डविरुद्ध स्पेनले खेल्नेछ। त्यस्तै, शुक्रबार नै राति १२ः४५ बजे बेल्जियमविरुद्ध इटालीले सेमिफाइनलका लागि खेल्नेछ।

शनिबार राति ९ः४५ बजे चेक रिपब्लिकविरुद्ध डेनमार्कले खेल्नेछ। त्यस्तै, शनिबार नै राति १२ः४५ बजे युक्रेनविरुद्ध इंग्ल्यान्डले खेल्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।