पोखरा। तेर्सापट्टी बुहारी समूहले निशेधाज्ञाबाट प्रभावित महिलाहरूलाई राहत वितरण गर्ने भएको छ । तेर्सापट्टि बुहारी समुह पोखरा-३ द्वारा लकडाउनको बेला कोभिड लक्षित निशुल्क खाना बितरण कार्यक्रम सफलताका साथ सम्पन्न गरेको उपलक्ष्यमा भिन्तुना युवा क्लबका सदस्यहरुलाई सम्मान गरेको छ ।
समुहका अध्यक्ष निलम प्रधान उदासको अध्यक्षतामा भएको कार्यक्रममा अब बुहारी समुहले लकडाउन प्रभावित महिलाहरुलाई राहत बितरण गर्ने कार्यक्रम घोषणा गरेका छन् ।कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय बिन्दुकुमार थापाले भिन्तुना युवा क्लब ले प्रत्येक लकडाउनमा गरेको कार्यक्रममा आफु सहभागी हुने मौका पाएको र बुहारी समुहले शुरु गर्न लागेको सामाजिक कार्यमा सहभागी हुन पाएकोमा खुशी ब्यक्त गरेका थिए ।
साथै दुबै समुहलाई हरेक प्रकारको सहयोग रहने बताए ।कार्यक्रममा सम्बिधान सभाका पुर्व सदस्य शारदा पौडेलले छोरा बुहारी हरुको सामाजिक कार्यक्रमबाट आफु प्रभावित भएको र कार्यक्रमको सफलताको लागि आर्थिक सहयोग गर्ने बताए ।कार्यक्रममा पोखरा(३ का वडा अध्यक्ष रबिन्द्र बहादुर प्रजु र पुर्व वडा अध्यक्ष तथा समाजसेवी नारायण उदास असार १५ को शुभकामना सहित कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







