तस्बीरः एजेन्सी
स्विस खेलाडी रोजर फेडेरर विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन्।
फ्रान्सका एड्रिन मन्नारिनोबाट वाकओभर पाउँदै फेडेरर दोस्रो चरणमा पुगेका हुन्। घुँडाको चोटका कारण एड्रिनले पाँचौं सेट खेलेनन् ।
वाकओभर पाउनु अघि छैटौं वरीयताका फेडेररले एड्रिनमाथि ६–४, ६–७ (३–७),३–६ र ४–२ को अग्रता बनाएका थिए।
८ पटकको च्याम्पियन फेडेररले दोस्रो चरणमा रिचार्ड गास्क्वेट र यूइची सुगिताबीचको विजेतासँग खेल्ने छन्।
२० पटकको ग्राण्डस्लाम विजेता फेडेररले पछिल्लो पटक २०१७ मा उपाधि जितेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







