पानीको निकास नहुँदा पोखरा महानगरपालिका वडा नम्बर ३२ स्थित कालिका नगर डुबानमा परेको छ । लगातारको वर्षापछि आएको भलपानी र स्थानिय बिजयपुर बेगनास सिंचाई आयोजनाका लागि बनेको नहरको पानीसमेत मिसिएर कालिका नगरमा जम्मा हुँदा सो क्षेत्र डुबनमा परेको हो । माथिबाट आएको पानीले उचित निकास नपाउँदा आफूहरु बसोबास गर्ने कालिका नगर क्षेत्र डुबानमा परेको स्थानिय शिवजी लामिछानेले बताए । उनका अनुसार त्यस क्षेत्रका करीब ६० घर डुबानमा परेका छन् । बाढी तथा पहिरो ब्यबस्थापन समितिका संयोजकसमेत रहेका लामिछानेले बिजयपुर बेगनास सिंचाई आयोजनाका लागि बनाएको नहरको पानी डाँडाको नाक प्रहरी चौकीसँगै जोडिएको कल्भर्ट बाटो तल नखोलेर लेखनाथको तालचोक, भण्डारढीकतर्फ पठाईनु, घोतघोतेबाटपनि निकास नदिई कालिका नगरतर्फ मात्र पठाउँदा त्यसको असर कालिनका नगरमा देखिएको गुनासो गरे । डाँडाकोनाक र घोतघोतेबाट पानी दक्षिणतर्फ नियमित बग्न दिनु पथ्र्यो,उनले भने, तर त्यहाँ बन्द गरेर सबै हाम्रोतिर पठाउँदा हाम्रो क्षेत्र डुबानमा प¥यो, उनले भने ।
त्यसका अलावा कालिका नगरको पूर्वी क्षेत्रमा उद्योगी हरि पाण्डेलगायतले पर्खाल लगाएर निकास नदिदा स्थानियले शास्ती बेहोर्नु परेको बताए ।
यसैबीच, कालिका नगर क्षेत्र डुबानमा परेपछि त्यहाँको पानीको निकासका लागि गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले पहल थालेका छन् । सांसद कोइरालाले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सडक डिभिजन कार्यालय कास्कीका प्र्रमुख किरण आचार्य, सिंचाई डिभिजन कार्यालय प्रमुखलगायतलाई सँगै लगेर सो क्षेत्रको अवलोकन गर्दै निकासका लागि पहलकदमी लिएका हुन् । अवलोकनका क्रममा उनले प्रजिअ गौतमलगायतलाई डाँडाकोनाक चौकी, घातघोतेलगायतका क्षेत्रबाट तल्लो क्षेत्रमा रोकिएको पानीको निकास खोल्ने, हरि पाण्डेलगायतको क्षेत्रबाट जमिनमा क्षेति नपुग्ने गरि निकास दिन आग्रह गरे । उनको आग्रहलाई प्रजिअ गौतमलगायतले स्वीकार्दै तत्काल सरोकार वालाहरुसँग समन्वय गरेर पानीको निकास दिने प्रतिबद्धता जनाएका थिए । उनीहरुले त्यसका लागि महानगर र वडा कार्यालयसँगपनि समन्वय हुने बताए ।
सो अवसरमा सांसद कोइरालाले त्यस क्षेत्रमा वर्षेनी बाढीको समस्या हुने भएकाले यसको दिर्घकालीन समाधानका लागि आवश्यक बजेट जुटाउन भूमिका खेल्नेसमेत बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ नजिक र विश्वासिलो बनाउने उद्देश्यसहित…







