सांकेतिक तस्बीर
बाढी र पहिरोका कारण देशभरका १४ सडक खण्ड बन्द भएको समाचार छ।
४९ सडक खण्ड एकतर्फी रुपमा संचालन भइरहेको सडक विभागले जनाएको छ।
चितवनको नारायणघाट–मुग्लिङ सडक खण्ड अहिले बन्द भएको छ।
चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले बिहानैदेखि सडक खण्ड बन्द भएको प्रहरीले जनाएको छ।
सडक विभागका अनुसार, डोजर लगाएर पहिरो हटाउने काम भइरहेको छ।
तर, सडकमाथिबाट ढुंगा खसिरहेकाले जोखिम बढेको भन्दै प्रहरीले अत्यावश्यक काम नपरि यात्रा नगर्न आग्रह गर्दै आएको छ।
यस्तै, पहिरोका कारण मकवानपुरबाट भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउने सडक पनि बन्द भएको छ।
यस्तै, ठोरी–भरतपुर–मुग्लिङ आबुखैरेनी–गोरखा–घयाम्पेसाल र आरुघाट– सिर्दिवास–रोइला भञ्ज्याङ सडक खण्ड पनि खुलेको छैन।
यस्तै, मनाङको डुम्रे बेसीसहर–चामे सडक खण्ड पनि ठाउँ–ठाउँमा बन्द छ।
मनाङको तिमाङखोला, धारापानी, बगरछाप, रामबजार, अर्खले र च्याम्चेमा कतै पहिरो त कतै कटानका कारण सडकमा नोक्सानी पुगेको छ।
यो सडक खण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ।
यस्तै, अरनिको राजमार्ग अन्तर्गत पर्ने खाडीचौर–कोदारी सडक खण्ड पनि अझै संचालनमा आउन सकेको छैन।
गएको असार २ गते बन्द भएको यो सडक खण्ड खुलाउने प्रयास भने भइरहेको छ।
उज्यालो अनलाइनमा समाचार छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


झण्डै डेढ बर्षपछि पोखरा प्रज्ञा प्रतिष्ठानले नयाँ पदाधिकारी पाएको छ । महानगरपालिकाकी…





