आज जुलाई २, अर्थात विश्व खेलकुद पत्रकारिता दिवस।
हरेक वर्षको जुलाई २ तारिकमा विश्वभर खेलकुद पत्रकारिता दिवस मनाइन्छ।
विगतका वर्षमा जस्तै यो वर्ष पनि विविध कार्यक्रमसहित आजको दिन विश्वभर खेलकुद पत्रकारिता दिवस मनाइन्छ।
यहाँ गठन भएको नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को विभिन्न शाखाहरुले विश्व खेलकुद पत्रकारिता दिवस मनाउँदै आएको छ।
विश्व खेलकुद पत्रकारको सर्वोच्च संस्था एआइपीएस स्थापना भएको सम्झनामा विश्व खेलकुद पत्रकारिता दिवस संसाभर मनाउन थालिएको हो। विश्वमा सन् २०९४ देखि खेलकुद पत्रकारिता दिवस मनाउन थालिएको हो। नेपालमा भने सन् २००६ बाट यो दिवस मनाउन थालेको हो। नेपाल सन् २००६ मा एआइपीएसको सदस्य बनेको थियो।
पोखरा स्पोर्टस् अवार्ड वितरण गरिदैँ
पोखरामा आज असार १८ गते (शुक्रबार) ‘पोखरा स्पोर्टस अवार्ड–२०७६/७७ वितरण गरिदैँछ। खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हरेक वर्ष हुँदै आएको पोखरा स्पोर्टस अवार्डको पाँचौ संस्करण शुक्रबार पोखरामा आयोजना हुन लागेको हो। विश्वव्यापी महामारीका कारण बैशाखमा गर्ने भनेरपनि लकडाउनका कारण शुक्रबार गर्न लागिएको हो। खेलकुदका विभिन्न ७ विधामा अवार्ड वितरण गरिदैछ।

पोखरा रंगशालामा हुने अवार्ड वितरण समारोहको तयारी पूर्ण रुपमा पूरा भएको आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ। गत बैशाखमै गर्ने भनिएको अवार्ड कोभिड–१९ को संक्रमण बढेर प्रशासनले लगाएको निषेधाज्ञाका कारण रोकिएको थियो। अहिले प्रशासनले निषेधाज्ञा खुकुलो बनाएपछि स्वास्थ्य मापदण्ड कायम गर्दै सेमी भर्चुअल रुपमा अवार्ड गर्न लागेको मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए।
आयोजकले अघिल्लो वर्ष र यस वर्ष गरेर २ वर्षको अवार्ड एकैपटक गर्न लागेको जनाएको छ। अघिल्लो वर्षपनि लकडाउनका कारण अवार्ड रोकिएको थियो। अध्यक्ष गिरीले अघिल्लो वर्ष पनि अवार्ड नगरेकाले यस वर्ष स्पोर्टस अवार्ड २०७६/७७ भनेर गर्न लागिएको बताए। उनले विषम परिस्थितिमा अवार्ड कार्यक्रम गर्न लागिएको भन्दै यसलाई सफल बनाउन सबैमा आग्रह गरेका छन्।

मञ्चले यस वर्ष खेलकुदका विभिन्न ७ विधामा अवार्ड वितरण गर्ने जनाएको छ। मञ्चका अनुसार यसवर्ष अघिल्लो वर्षहरुमा जस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गरिनेछ।
अवार्डका लागि मञ्चले ४ विधामा ३/३ जनाको दरले नोमिनेसन सार्वजनिक गरिसकेको छ। यस वर्षको सर्वोत्कृष्ट खेलाडी पुरुष विधामा नवीन रसाइली (कराँते), विनेश खनिया (टेबलटेनिस) र सुमन अर्याल (फुटबल) मनोनयनमा परेका छन्।
त्यस्तै, सर्वोत्कृष्ट महिला खेलाडी विधामा जमुना थापा (साइक्लिङ), पार्वती गुरुङ (तेक्वान्दो) र प्रशंसा क्षेत्री (तेक्वान्दो) नोमिनेसनमा परेका छन्।

पोखरा स्पोर्टस अवार्डको वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ दुवाना लामा (पौडी), प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) परेका छन्।
त्यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल) र सुरेश मल्ल ठकुरी (बक्सिङ) मनोनयनमा परेका छन्।
मञ्चले यस वर्ष उत्कृष्ट खेल संघतर्फ आर्चरी संघलाई अवार्ड वितरण गर्ने जनाएको छ। वार्षिक रुपमा संघले गरेका खेलकुदका गतिविधि, खेल पूर्वाधार निर्माणलगायतमा उत्कृष्ट कार्य गर्नेलाई आधार बनाएर मञ्चले उत्कृष्ट खेल संघ छनौट गरेर अवार्ड वितरण गर्ने गरेको छ। उत्कृष्ट खेल संस्थाका रुपमा नेपाल आर्चरी संघले पुरस्कार पाउँदैछ।

मञ्चले यस वर्ष वर्ष उत्कृष्ट खेल पत्रकार विधातर्फ भने २ जना पत्रकारलाई अवार्ड प्रदान गर्ने जनाएको छ। अघिल्लो वर्ष र यस वर्ष गरेर २ वर्ष भएकाले २ जना पत्रकारलाई अवार्ड वितरण गर्न लागिएको मञ्चका महासचिव बिजय नेपालले बताए।
मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्डबाट अवार्डेड हुनेलाई चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्लाले सम्मान गर्ने जनाएको छ। त्यस्तै, वर्ष खेलाडी पुरुष र महिलालाई जनही २/२ लाख, सम्मानपत्र, ट्रफी र दोसल्ला रहेको अध्यक्ष गिरीले जानकारी दिए।

उनका अनुसार वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेल पत्रकारलाई भने जनही ३५/३५ हजार, सम्मानपत्र, ट्रफी र दोसल्लाले सम्मान गर्नेछ।
लाईफटाइम अचिभमेन्ट अवार्ड रञ्जितलाई
मञ्चले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट फुटबलर केशव रञ्जित (आनन्द)लाई सम्मान गदैलाई सम्मान गर्दैछ । झण्डै ५ दशक फुटबलमा बिताएका उनी पूर्व राष्ट्रिय फुटबल टिमका सदस्य हुन्। २०३८ सालमा फुटबलको राष्ट्रिय टिममा परेका उनले २०३१ सालदेखि २०४५ सालसम्म झण्डै डेढ दशक गण्डकी अञ्चलको कप्तानी सम्हाले। उनको नेतृत्वमा गण्डकीले तत्कालीन समयमा प्रतिष्ठत कप नर ट्रफी उचालेको थियो।
रञ्जितले महेन्द्र पुलिस क्लव, न्यूरोड टिम (एनआरटी)लगायतबाट पनि खेले। उनी सन २००३ सालमा नेपाली राष्ट्रिय टिमको अफिसियल भई दक्षिण कोरिया, भारत र थाईल्याण्ड गएका थिए।
रञ्जित २०५८ सालदेखि २०६२ सालसम्म कास्की जिल्ला फुटबल संघ (एन्फा)को अध्यक्ष बनेर कास्केली फुटबलको विकास र बिस्तारमा महत्वपूर्ण योगदान दिएका थिए। यसअघि, रञ्जित दर्जनौं संघसंस्थाबाट सम्मानित भइसकेका छन्। उनी सहारा क्लव पोखराद्वारा २०५५ सालमा आयोजित क्याराभान गोल्डकपको अवसरमा सम्मानित भए।
त्यस्तै, हिमालय क्लवद्वारा २०७० सालमा आयोजित सेभेन ए साईड फुटबल प्रतियोगितामा, सोहि साल बगर भाईखलकबाट, २०७० सालमै रत्ना समाज सेवाबाट, टुँडिखेल युवा क्लवद्वारा २०७४ सालमा, भीमकाली युवा क्लवद्वारा २०४६ सालमा सम्मानित भएका उनलाई पोखरा महानगरपालिका वडा नम्बर–१ बाट पनि सम्मानित भइसकेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







