ओलम्पिकमा गोपीको सट्टा सरस्वती चौधरी !


     एभरेस्ट आवाज    
     असार १८ गते २०७८ मा प्रकाशित




नेपालका धावक गोपिचन्द्र पार्कीले टोकियो ओलम्पिकमा सहभागिता जनाउन नपाउने भएका छन्।

नेपाल ओलम्पिक कमिटीले आज एक विज्ञप्ति निकाल्दै नेपालले एथ्लेटिक्समा नभई १०० मिटर महिला दौडमा सरस्वती चौधरीले ओलम्पिक खेल्ने जनाएको छ।

ओलम्पिक छनोट अन्तर्गत गत बर्ष नेपालगञ्ज म्याराथनमा गोपी विजयी हुँदै टोकियोको टिकट पक्का गरेका थिए। खेलाडीहरुलाई बुधबारदेखि सोल्टी होटेलमा राख्दा गोपीको नाम थिएन। यस विषयमा गोपीले नै आफ्नो ओलम्पिक खेल्ने सपना साकार हुन नसकेको बताए।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै पहल गर्दागर्दै गोपीलाई ओलम्पिकमा सहभागी गराउन नसकिएको जनाएका छन्। गोपीको सट्टामा महिला १०० मिटर दौडमा सरस्वती चौधरीलाई पठाइएको विज्ञप्तिमा जनाइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।