एक हप्तापछि हुने भयो राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण


     एभरेस्ट आवाज    
     असार १८ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण एक हप्तापछि सुरु हुने भएको छ।

बिहीवारदेखि सुरु हुने तय भएको प्रशिक्षण यही असार २३ गतेदेखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

साफ फुटबल च्याम्पियनसीप र एएफसी एसियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको थियो। राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गरेका हुन्।

प्राविधिक कारणले बिहीबारदेखि हुने भनिएको प्रशिक्षण एक हप्ता स्थगन गरिएको एन्फाले जनाएको हो। प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ। प्रशिक्षण २ चरणमा हुनेछ। एउटा टोलीले बिहान तथा अर्को टोलीले दिउँसो अभ्यास गर्नेछ।

बन्द प्रशिक्षणका लागि छनोटमा परेका खेलाडीहरु

प्रशिक्षणका लागि अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, दोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ, नीरज बस्नेत निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवि पासवान, रोहित चन्द, सन्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ छनोटमा परेका छन्।।

साफ च्याम्पियनसीप आउँदो सेप्टेम्बर १४ देखि २५ तारिखसम्म बंगलादेशमा हुनेछ भने एसियन कपको अन्तिम छनोट सन् २०२२ को फेब्रुअरीमा हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।