सुरेश मल्ल बने वर्ष उत्कृष्ट प्रशिक्षक


     एभरेस्ट आवाज    
     असार १८ गते २०७८ मा प्रकाशित




पोखरा स्पोर्टस अवार्ड २०७६\७७ मा बक्सिङका सुरेश मल्ल ठकुरी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनले आफूसँगै नोमिनेसनमा परेका आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल)लाई पछि पार्दै अवार्ड जितेका हुन् । उनको प्रशिक्षणमा नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुदमा बक्सिङमा ३ स्वर्णसहित १० पदक जितेको थियो ।

अवार्डसँगै उनले नगद ३५ हजारसहित दोषल्लासमेत ओढाएर सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।