युरोकप फुटबलः डेनमार्क १९९२ पछि पहिलोपटक सेमिफाइनलमा


     एभरेस्ट आवाज    
     असार २० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै डेनमार्कले १९९२ पछि पहिलोपटक सेमिफाइनलमा स्थान बनाएको छ।

बाकु ओलम्पिक स्टेडियममा भएको क्वाटरफाइनलमा डेनमार्कको जितमा थोमस डेलाने र कास्पर डोलबर्गले १÷१ गोल गरे भने चेक रिपब्लिकका प्याट्रिक शिकले १ गोल फर्काए।

डेनमार्कका लागि थोमस डेलानेले खेलको पाँचौ मिनेटमा सुरुवाती गोल गर्दै डेनिस टोलीलाई अग्रता दिलाए। त्यस्तै, डोलबर्गले ४२ औं मिनेटमा अग्रतालाई दोब्बर बनाए।

चेक रिपब्लिकका लागि प्याट्रिक शिकले ४९ औं मिनेटमा गोल फर्काए पनि जारी युरो कप फुटबलमा क्वार्टरफाइनलको खेल समाप्तीसँगै चेक टोली घर फर्कियो।

१९९२ मा डेनमार्क युरो च्याम्पियन बनेको थियो। सेमिफाइनलमा डेनमार्कले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।