युरोकप फुटबलः सेमिफाइनल समीकरण पूरा, इंग्ल्यान्ड, इटली, स्पेन र डेनमार्क अन्तिम ४ मा


     एभरेस्ट आवाज    
     असार २० गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ।

युरोपका विभिन्न ११ सहरमा भइरहेको १६ औं संस्करणको युरोकप फुटबलमा गएराति इंग्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

गएराति भएको खेलमा युक्रेनलाई ४–० गोलले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। यस्तै, चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको।

चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो। यस्तै इंग्ल्यान्डले युक्रेनलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

गएरातिको खेलसँगै इंग्ल्यान्ड, इटली, स्पेन र डेनमार्क युरो कपको अन्तिम चारमा प्रवेश गर्न सफल भएका हो। अब इटली र स्पेनबीचको खेल बुधवार राति पौने १ बजे हुनेछ भने डेनमार्कले इंग्ल्यान्डसँग बिहीवार राति पौने १ बजे प्रतिस्पर्धा गर्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।