काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा भौतिक रुपमै सञ्चालन गर्ने भएको छ ।
बोर्डले साउन अन्तिम साताबाट परीक्षा सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमतिसमेत मागेको छ । परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै परीक्षाको प्रक्रिया अगाडि बढाइने बोर्डले जनाएको छ ।
लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने बोर्डले जनाएको छ । केही समय ढिला गरेरै भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ । बोर्डको प्रस्तावमा छलफल गरेर मात्रै निर्णय हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाे भनाई छ ।
परीक्षा सञ्चालनको अनुमतिसम्बन्धी निर्णय सीसीएमसीबाट हुने मन्त्रालयले जनाएको छ । यसअघि जेठ २६ गतेबाट हुने गरी तय गरिएको कक्षा १२ को परीक्षा पनि सीसीएमसीले नै रोक्ने निर्णय गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







