पोखरा महानगरपालिका वडा नम्बर–१९ बेंसीचोक खण्डमा निरन्तर पहिरो जाँदा सडक अबरुद्ध भएको छ । भुर्जुङखोला माछापुच्छ«े ग्रामिण सडकको बेंसीचोक खण्डमा गत असार १ गतेदेखि निरन्तर पहिरो जाँदा सो सडक अबरुद्ध भएको हो । बाटो अबरुद्ध हुँदा पोखराको बाटुलेचौरदेखि भुर्जुङखोला आवतजावत गर्ने तथा कटेरी ढुंगाको पाखोमा बस्ने सर्वसाधारण मारमा परेका छन् ।

निरन्तरको पहिरोले बाटोमात्र अबरुद्ध नगरी पोखरा आउने भोटेखोला खानेपानीको पाइपसमेत पुरेको छ । जसले गर्दा त्यहाँबाट पोखरा आउने खानेपानीको आपूर्ति बन्द भएको छ । त्यस्तै सोहि पहिरोले बाइसखेत सिंचाईको नहरलाईसमेत क्षेति पु¥याएको छ । सोहि कारण सिंचाई नपुग्दा धानको राम्रो खेती हुने लामाचौर र फलायाँफाँट क्षेत्रका जनताले धान रोपाईं गर्न नपाएको स्थानिय सविन जिसीले बताए ।
निरन्तरको वर्षाले असार १ गतेदेखि नै सो क्षेत्रमा निरन्तर पहिरो गइरहेको जिसीले बताए । ‘पहिरो निरन्तर झरिरहेको छ, जसले गर्दा स्थानिय आतंकित छन्’–उनले भने । उनले गत वर्षपनि सो क्षेत्रमा यसरी नै निरन्तर पहिरो गएको थियो ।
देशकै ठूलो पोखरा महानगरपालिकाको नजिकै गएको यो पहिरो आउन शुरु भएको २० दिन पुग्दापनि पहिरो हटाउन थालिएको छैन । जसका कारण स्थानिय आक्रोसित छन् । तर पोखरा महानगरपालिका वडा नम्बर–१९ का वडाध्यक्ष शोभामोहन पौडेल भने निरन्तर पहिरो आएका कारण पहिरो हटाउन नसकिएको बताउँछन् । ‘हो, पहिरो हटाउन ढिलाई भएको महशुष भएको छ, तर निरन्तर पहिरो आएका कारण पहिरो हटाउने अवस्था नभएकैले ढिलाई भएको हो, अन्यथा केहि होइन ।’–उनले भने ।
बीस दिनदेखि निरन्तर झरेको पहिरो नहटेपछि कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) का निर्वाचित प्रदेश सभा सदस्य रामजी बरालले पहिरो हटाउनेबारे चासो दिएका छन् । उनले आईतबार गण्डकी प्रदेश पूर्वाधार विकास कार्यालयका प्रमुख ईञ्जिनियर दीनेश घिमिरे, स्थानिय वडाध्यक्ष शोभामोहन पौडेललगायतलाई साथमा लिएर स्थलगत अवलोकन गर्दै पहिरो हटाउने र भत्किएको सडक जस्ताको तस्तै बनाउन गर्नुपर्ने कार्यबारे प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । उनले तत्कालका लागि वडा कार्यालयले पहिरो हटाउने र प्रदेशले दीर्घकालीन योजना बनाएर सडक निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि पहलकदमी लिन वडा र पूर्वाधार विकास कार्यालयका डिभिजनल ईञ्जिनियर घिमिरेलाई आग्रह गरे । सांसद बरालले सो क्षेत्रमा निरन्तर पहिरो गइरहने र माटोपनि कच्ची भएकाले पहिरोको जोखिम बढेको हुनसक्ने भएकाले ईञ्जिनिरिङ हिसाबले बाटोको ट्रयाक नै परिवर्तन गर्नुपर्ने भएपनि त्यसका लागि तयारी गर्नुपर्ने बताए ।
डिभिजनल ईञ्जिनियर घिमिरेले तत्काल पहिरो हटाउने काम महानगरले गर्नुपर्ने बताए । त्यसपछि प्रदेशले दीर्घकालीन रुपमा सडक निर्माणको योजना ल्याउने उनको भनाई छ । उनले जथाभावी सडकको ट्रयाक खोल्ने, अनि त्यहाँमाथि डोजर चलाउँदा पहिरोलगायतका प्राकृतिक जोखिम बढेको भन्दै बेंसीचोक खण्डको समस्यापनि त्यहि रहेको बताए ।
पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेलले वडाले पहिरो जान रोकिएलगत्तै पहिरो हटाउन शुरु गर्ने बताए । उनले यसको दीर्घकालीन समाधानका लागि प्रदेश र संघले योजना ल्याएर कार्यान्वयन गर्नुपर्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपालको वेलनेस तथा स्पा क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै ट्रन्क्यूलिटी स्पा प्रालिले…





