सबै नागरिकलाई खोपको सुनिश्चितता गर्न एनवाईईएफको माग


     एभरेस्ट आवाज    
     असार २० गते २०७८ मा प्रकाशित




पोखरा । यूवा उद्यमी मञ्च (एनवाईएफ)ले कोरोना भाइरस संक्रमणको जोखिमबाट बचाउन सबै नागरिकलाई खोपको सुनिश्चितता गर्न प्रदेश सरकारसंग माग गरेको छ ।

मञ्चले आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलाई पत्र बुझाउँदै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का रोकथामका लागि सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाई बाच्न पाउने अधिकारको ग्यारेन्टी गर्न आग्रह गरेको हो ।

मञ्चले कोरोना भाइरस महामारीको दोस्रो भेरियन्टका कारण जनजीवन निकै प्रभावित भएको भन्दै सबै नागरिकलाई खोपको सुनिश्चता गर्न सके मात्रै फेरी अर्थतन्त्र चलायमान र राष्ट्रलाई आर्थिक उन्नति गर्न सकिने मञ्चका अध्यक्ष सुनिल बहादुर भट्टराईद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।


यूवा लक्षित उद्यमशिलता विकास, तालिम, गोष्ठी, प्रर्दशनी लगायत विभिन्न कार्यक्रमहरु सफलतापूर्वक गर्दै आएको मञ्चले कोरोना महामारीले सृजना गरेको पहिलो तथा दोस्रो लकडाउनको समयमा विभिन्न सामाजिक उत्तरदायित्व वहन गर्दै राहत तथा शैक्षिक कार्यक्रमहरुपनि सञ्चालन गर्दै आइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।