टोकियो ओलम्पिकमा जिकोले ओलम्पिक टर्च बोक्ने


     एभरेस्ट आवाज    
     असार २१ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

ब्राजिल फुटबल टिमका पूर्वमिडफिल्डर जिकोले रियो दि जेनेरियो ओलम्पिक आयोजकप्रति आक्रोस ब्यक्त गरे।

ब्राजिलियन फुटबल लिजेन्ड जिकोले यसपटक टोकियो ओलम्पिकको टर्च बोक्ने भएका छन्।

जापानका पूर्वप्रशिक्षक तथा कशिमा एन्टलर्सका निर्देशक जिकोले शनिबार कशिमा शहरमा २०० मिटरको दुरीमा टर्च बोक्नेछन्।

टर्च बोक्ने अवसर दिएकोमा टोकियो ओलम्पिक आयोजकलाई जिकोले धन्यवाद दिएका छन्।

२०१६ मा आफ्नै घरेलु शहर रियो दि जेनेरियोमा सम्पन्न ओलम्पिकमा ओलम्पिक टर्च बोक्न आफूलाई बेवास्ता गरेकोमा आयोजकप्रति आक्रोस समेत व्यक्त गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।