नेपाली कांग्रेसका नेता रामजी कुँवरको निधन भएको छ ।ट्रेड युनियन कंग्रेसका बरिष्ठ उपाध्यक्ष कुँवरको पोष्ट कोभिडको समस्याका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) भएर सिकिस्त भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । कोरोना संक्रमण नेगेटिभ आएपनि कोभिडबाट उत्पन्न निमोनियालगायतका समस्याका कारण उनको मृत्यू भएको परिवारले बताएको हो ।
स्वर्गिय कुँवर गत स्थानिय चुनावमा पोखरा महानगरपालिकाको मेयरका प्रत्यासी थिए । उनी हालका मेयर एमाले नेता मानबहादुर जिसीसँग पराजित भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







