पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ निवासी, नेपाली कांग्रेस पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाल टे«ड युनियन आन्दोलनका अग्रणी व्यक्तित्व रामजी कु्ँवरको निधनप्रति पोखरा महानगरपालिकाका प्रमुख मानहादुर जिसीले अत्यन्त मर्माहत भएको बताएका छन्।
‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत कुँवरको निधनले सच्चा मित्र, सामाजिक र राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको सहयोद्धालाई गुमाउँदा अपुरणीय क्षति भएको अनुभूति गरेको छु,’ मयेर जिसीले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ ।
स्थानीय तह निर्वाचन २०७४ मा पोखरा महानगरपालिका प्रमुखको प्रत्यासी रहनु भएका कुँवरलाई स्वच्छ, लोकतान्त्रिक अभ्यास कर्ताको रुपमा मैलै चिनेको जिसीले विज्ञप्तिमा उल्लेख गरेका छन् । समृद्ध पोखराको लागि उहाँ सधै सहयोगी र चिन्तित भएको पनि मेयर जिसीले बताए ।
६५ वर्षीय कुँवरको निष्ठा र इमान्दारिताको राजनीतिलाई कहिल्यै विर्सन नसक्ने पनि मेयर जिसीले विज्ञप्तिमा उल्लेख गरेका छन्।
मेयर जिसीले दुख्द घडीमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवा जनमा हार्दिक समवेदना प्रकट गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





