तस्बीरः एजेन्सी
नेपाली मूलका उत्सव सिंहले अमेरिकामा भएको शारिरीक सुगठन प्रतियोगितामा २ स्वर्ण पदक जितेका छन्।
बुटवल घर भएका सिंहले अमेरिकाको टेक्सासमा भएको मिस्टर युएसए–२०२१ नेचुरल प्रो क्वालिफाइयर कम्पिटिशन (प्राकृतिक प्रोफेशनल योग्यता प्रतियोगिता) अन्तर्गत पुरुषहरूको फिजिक क्याटोगोरी र नोभिस क्याटोगोरी (शारीरिक वर्ग र नवदीक्षित वर्ग) मा २ स्वर्ण जितेका हुन्।
स्वर्ण पदक प्राप्त गरेसँगै उनी अब व्यवसायिक खेलाडीको रुपमा योग्य भएका छन् । उनी यो पदक जित्ने पहिलो नेपाली हुन् ।
सिंह विगत ७ वर्षदेखि अमेरिकाको टेक्सास राज्यस्थित ड्यालसमा बसोबास गर्दै आएका छन्। उनले अगस्त २४, २०१९ मा अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल शहरमा सम्पन्न एनपीसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा पनि स्वर्ण पदक जितेका थिए।
उनले नेपालमा छँदा ७० केजी तौल समूहमा मिस्टर भक्तपुरमा काँस्य पदक थिए। नेपालमा शारीरिक सुगठनका अन्य खेलसमेत उनले खेलेका छन्। भक्तपुरमा भएको अर्को प्रतिस्पर्धा ‘मिस्टर बडी बिल्डिङ अफ द ईयर’मा दोश्रो र भैरहवामा भएको मिस्टर नेपालमा सहभागी हुँदा आफ्नो तौल समूहमा उनी तेश्रो बनेका थिए। त्यस्तै, बुटवल श्री प्रतियोगितामा आफ्नो तौल समूह प्रतियोगितामा सिंह तेश्रो बनेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ ९ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट मजदुर संगठनले दुईतले…







