राष्ट्रिय खेलाडीहरुको उपचारका लागि कल्याणकारी कोषको सहयोग


     एभरेस्ट आवाज    
     असार २२ गते २०७८ मा प्रकाशित




राष्ट्रिय खेलाडी कल्याणकारी कोष

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न ४ खेलका खेलाडीलाई सोमबार उपचार खर्च उपलब्ध गराएको छ।

ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापामगरलाई समान ८०÷८० हजार कोषबाट उपलब्ध गराइएको छ।

त्यस्तै, जुडोकी सुनिता बोहरालाई ३० हजार तथा उसुकी सिलु डंगोललाई १९ हजार ६ सय ५५ रुपैयाँ कोषले सहयोग गरेको छ।

चालू आर्थिक वर्ष १३ खेलाडीलाई उपचार खर्चबापत कोषबाट ११ लाख ३४ हजार ६ सय ५५ रुपैयाँ वितरण गरिसकेको कोषले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।