युरोकप सट्टेबाजीको अभियोगमा ३ भारतीयसहित ८ जना पक्राउ


     एभरेस्ट आवाज    
     असार २२ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

हाल युरोपको विभिन्न ११ शहरहरुमा जारी युरोकप–२०२० लगायतका खेलहरुमा सट्टाबाजी गरेको अभियोगमा ३ जना भारतीयसहित ८ जना पक्राउ परेका छन्।

पक्राउ परेकाहरुबाट नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल समेत प्रहरीले बरामद गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं बस्ने राजेन्द्र श्रेष्ठ प्रधान, जीवन लामा, सुरज टिवडेवाल, गोबिन्दप्रसाद आचार्य, अमरनाथ गुप्ता, भारत घर भएका अशोककुमार गुप्ता, राजेशकुमार अग्रवाल र सुचित डालमिया अग्रवाल छन्।

उनीहरुमाथि अनलाइनमार्फत ठूलो रकमको बाजी राख्ने गरेको अभियोग लगाइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।