विम्बल्डन टेनिसः विश्व नम्बर १ जोकोभिच क्वार्टरफाइनलमा


     एभरेस्ट आवाज    
     असार २२ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

गए राति इंग्ल्यान्डमा भएको खेलमा सर्वियाका जोकोभिचले चिलीका क्रिष्टेन गारिनलाई ३–० को सोझो सेटमा हराउँदै लगातार चौथो पटक विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्।

पाँच पटकको विजेता ३४ वर्षीय जोकोभिचले १७ औं वरीयाताका गारिनलाई ६–२, ६–४, ६–२ को सेटमा हराएका हुन्।

कीर्तिमानी २० औं ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेका जोकोभिचले अब हंगेरीका मार्टन फुकसोभिक्सविरुद्ध क्वार्टरफाइनल खेल्नेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।