विम्बल्डन टेनिसः इटालीका बेरेटिनी पनि क्वार्टरफाइनलमा


     एभरेस्ट आवाज    
     असार २२ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

इटालीका मटेयो बेरेटिनीले पनि जारी विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

गए राति इंग्ल्यान्डमा सकिएको खेलमा सातौं वरीयताको बेरेटिनीले बेलारुसका इल्या इभाश्कालाई ३–० को सोझो सेटमा हराउँदै विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएका हुन्।

योसँगै बेरेटिनी २३ वर्षपछि विम्बल्डनको अन्तिम ८ मा स्थान बनाउने पहिलो इटालियन खेलाडी बनेका छन्। बेरेटिनीले इभाश्कालाई ६–४, ६–३, ६–१ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए।

बेरेटिनीले अब एलेक्जेन्डर जेरेभ र फेलिक्स औगर–एलिएसिमबीचको विजेतासँग क्वार्टरफाइनल खेल्नेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।