तस्बीरः एजेन्सी
ट्युनिसियाकी अन्स जबेउरले पनि विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएकी छन्।
२१ औं वरियाताप्राप्त जबेउरले पूर्व फ्रेन्च ओपन विजेता इगा स्विटेकलाई २–१ को सेटमा हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेकी हुन्।
जबेउरले सातौं वरियाताप्राप्त २० वर्षीया स्विटेकलाई ५–७, ६–१, ६–१ को सेटमा हराएकी हुन्।
जबेउरले विम्बल्डनको क्वार्टरफाइनलमा स्थान बनाएको यो पहिलो पटक हो। २६ वर्षीया जबेउरले अब सेमिफाइनल प्रवेशका लागि दोस्रो वरियाताकी आर्यना साबलेन्काविरुद्ध क्वार्टरफाइनल खेल्नेछिन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







