पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल(कुमाल) नियुक्त भएका छन् ।
नवलपुर बुलिङटारका कमाललाई गत आइतबारको मन्त्रिपरिषद बैठकले राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।
लामो समय शिक्षा क्षेत्रको क्रियाशील कमाल क्षेत्रीय शिक्षा निर्देशकबाट अवकाशप्राप्त हुन् ।
अवकाशपछि उनी राजनीतिमा सक्रिय छन् । त्रिभुवन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर गरेका उनले काठमाडौं विश्वविद्यालयबाट एमफिल गरेका छन् । मुख्यमन्त्रीले ५ जनासम्म विज्ञ नियुक्त गर्न पाउने प्रावधान छ । राजनीतिक सल्लाहकारले प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने नियम छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





