इटलीको कीर्तिमानी अपराजित खेल संख्या ३३ पुग्यो


     एभरेस्ट आवाज    
     असार २३ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

इटलीले स्पेनलाई टाइब्रेकर सुटआउटमा ४–२ ले हराउँदै युरोकप फुटबलको फाइनल पुगेसँगै अन्तर्राष्ट्रिय फुटबलमा इटलीको अपराजित यात्रा ३३ खेलसम्म लम्बिएको छ।

सेप्टेम्बर २०१८ यता इटली अपराजित छ। उसले पछिल्ला २८ खेल जितेको छ भने ५ खेलमा बराबरी खेलेको छ।

इटलीको टोली १९३० को दशकको मध्यतिर पनि ३१ खेलसम्म अपराजित थियो। त्यतिबेला उसले विश्वकप र ओलम्पिक खेलकुदमा स्वर्ण जितेको थियो। जारी युरोकपमा अहिलेको टोलीले बेल्जियमविरुद्धको खेलमा ३२ औं जित दर्ता गर्दैै उक्त कीर्तिमान भंग गरेको थियो।

अन्तर्राष्ट्रिय फुटबलमा इटलीबाहेक ब्राजिल र स्पेनले मात्रै यति लामो अपराजित यात्रा गर्न सकेका छन्। ब्राजिलले ९० को दशकमा तथा स्पेनले २००७ देखि २००९ सम्मका अवधिमा ३५ खेलसम्म अपराजित थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।