युरोकप फुटबलः स्पेनका मोराटा बने यस पटक सर्वाधिक गोलकर्ता


     एभरेस्ट आवाज    
     असार २३ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

जारी युरोकप फुटबलमा स्पेनका अल्भारो मोराटा सर्वाधिक गोलकर्ता बनेका छन्।

मंगलबार राती भएको पहिलो सेमिफाइनलमा इटलीविरुद्ध १ गोल गरेका स्पेनका मोराटा युरोकपमा सर्वाधिक गोल कर्ता बनेका हुन्।

जारी युरोकप फुटबलमा मोराटाले हालसम्म ६ गोल गरेका छन्। यसअघि, यो कीर्तिमान स्पेनका लागि फर्नान्डो टोरेसका नाममा थियो। उनले ५ गोल गरेका थिए। मोराटाले यसै युरोकपमा टोरेसको रेकर्ड बराबरी गरेका थिए। इटालीविरुद्ध फाइनलसरह मानिएको पहिलो सेमिफाइनलमा ८० औँ मिनेटमा गोल गर्दै मोराटा युरोकपका सर्वाधिक गोलकर्ता बनेका हुन्।

तर, जारी युरोकपकै सेमिफाइनलमा इटलीबिरुद्धको टाइब्रेकर सुटआउटमा भने मोराटा गोल गर्न चुके। मोराटा सर्वाधिक गोलकर्ता बन्दा उनको टिम स्पेन भने सेमिफाइनलबाटै घर फर्किएको छ।
युरोकप फुटबलका सर्वाधिक गोलकर्ता भने पोर्चुगलका क्रिष्टियानो रोनाल्डो हुन्। यसपटक ५ गोल गरेका रोनाल्डोले ५ युरोकप खेलेर हालसम्म कूल ११ गोल गर्दै सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।