युरोकप फुटबलः दोस्रो सेमिफाइनल आज, इंग्ल्याण्ड र डेनमार्क भिड्दै


     एभरेस्ट आवाज    
     असार २३ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति १२ः४५ बजे हुँदैछ।

वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्याण्ड र डेनमार्कले फाइनलका लागि खेल्नेछन् ।

इंग्ल्याण्ड र डेनमार्क जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। त्यसैले २ ठूला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ। यस खेलको विजेताले उपाधिका लागि फाइनलमा इटलीसँग प्रतिस्पर्धा गर्नेछ। इटलीले पहिलो सेमिफाइनलमा स्पेनलाई टाइब्रेकर सुटआउटमा ४–२ ले हराएर फाइनलमा स्थान बनाइसकेको छ।

इंग्ल्याण्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको सानदार जित निकाल्दै अन्तिम ४ मा पुगेको हो। राउण्ड अफ १६ मा इंग्ल्याण्डले उपाधि दाबेदार जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल खेलेको थियो।

डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो। त्यसअघि डेनमार्कले भने राउण्ड अफ १६ मा वेल्सलाई ४–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल खेलेको थियो।

इंग्ल्याण्ड र डेनमार्क हालसम्म २१ पटक आमने–सामने भएका छन्। जसमा इंग्ल्याण्डले १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेलमा जित निकालेको छ । यि २ टिमले ५ खेल भने बराबरी खेलेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।