बाल्टिमोर,मेरील्याण्ड। विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ३३ करोड १६ लाख ७९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड ३० लाख ६२ हजार ६०९ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।
बेलायतमा आठ करोड २ लाख १२ हजार ६६८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ८६ लाख ७२ हजार ९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । पोल्याड छ करोड ७ लाख ५९ हजार ७४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।
फ्रान्समा पाँच करोड ७२ लाख ७९ हजार १९८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । टर्कीमा पाँच करोड ५४ लाख ६३ हजार ४०० डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ५४ लाख ५६ हजार २७६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।(रासस -एएफपी)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका एक युवकको सकुशल उद्धार भएको छ…








