पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ नेपाल गण्डकी प्रदेशले घरबासबारे सबै जानकारी समेटिएको एप्स सार्वजनिक गरेको छ ।
नेपाल पर्यटन बोर्डको सहयोगमा निर्मित visitgandaki नामक एप्स आजबाट सञ्चालनमा आएको हो ।
एप्सबाट गण्डकी प्रदेशका ५० वटा घरबासहरु अनलाइन प्रविधिमार्फत बुकिङ गर्न सकिने र अन्य २५४ घरबासको विवरण हेर्न मिल्ने गरि तयार गरिएको छ ।
एप्सको नेपाल पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले सार्वजनिक गरे । कार्यक्रममा बोल्दै भण्डारीले घरबास क्षेत्रमा गण्डकी प्रदेशले एउटा राम्रो काम गरेको बताए । सार्वजनिक गरिएको एपले सिधै पाहुनाहरुसंग घरबास एप जोडिँदा ग्रामीण पर्यटन प्रवद्र्धन हुने बताए ।
यस्तै कार्यक्रममा पोखरा पर्यटन परिषद का अध्यक्ष गोपी बहादुर भट्टराई, भिटोफ नेपाल का अध्यक्ष धुर्ब सिम्खडा , अग्नि कँडेल, आन्तरिक पर्यटन पुनरुत्थान समिती गण्डकी प्रदेश संयोजक खगराज आचर्य, पोखरा महानगरपालिका होम स्टे व्यवस्थापन समिति संयोजक , भिटोफ नेपाल गण्डकी का सलाहकार टीकाराम सापकोटा , डा रामजी शर्मा लगायतले बोलेका थिए ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल गण्डकी प्रदेशका अध्यक्ष नबराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तारानाथ पहारीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







