विम्बल्डन टेनिसः जोकोभिच र बेरेटिनीले उपाधिका लागि फाइनल खेल्ने


     एभरेस्ट आवाज    
     असार २६ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

साविक विजेता नोभाक जोकोभिच र माटियो बेरेटिनीले विम्बल्डन टेनिसको उपाधिका लागि फाइनल खेल्नेछन्।

लण्डनमा शुक्रबार राति भएको खेलमा विश्व नं १ समेत रहेका सर्वियन जोकोभिचले क्यानडाका डेनिस शापोभालोभलाई ७–६ (७–३),७–५ र ७–५ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन्।

त्यस्तै, इटलीका माटियो बेरेटिनीले पहिलो सेमिफाइनलमा पोल्याण्डका हुबर्ट हुकाजलाई ६–३,६–, ६–७(३–७) र ६–४ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए।

यससँगै पाँच पटक च्याम्पियन जोकोभिच सातौं पटक विम्बल्डनको फाइनलमा प्रवेश गर्न सफल भएका छन्। जोकोभिचले पछिल्लो पटक २०१९ मा विम्बल्डनको उपाधि जितेका थिए। १९ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले विम्बल्डन जित्दै २० ग्राण्डस्लाम आफ्नो बनाउने योजनामा रहेका छन्।

यससँगै, २५ वर्षीय बेरेटोनीले विम्बल्डनको फाइनलमा पुग्ने पहिलो इटलियन खेलाडी बनेका छन्। सातौं वरीयताका माटियो ४५ वर्षपछि ग्राण्डस्लामको फाइनलमा पुग्ने पहिलो इटालियन खेलाडी समेत हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।