पोखरा । नेपाल चेम्बर अफ कमर्स केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले बीउ पुँजी संकलन गरेर उत्पादनमुखी कार्यक्रम गर्न आग्रह गरेका छन् ।
उनले एकल भन्दा सामुहिक रुपमा व्यवसायमा जान सुझाव दिए । गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष मल्लले कृषि, जडिबुटी, सुन्तला र सूचना प्रविधिको क्षेत्रमा काम गर्न आग्रह गरे ।
स्याङजा र गोरखामा सुन्तला खेती र हिमाली जिल्लामा जडिबुटी खेतीको सम्भावना रहेको चर्चा गर्दै उनले नयाँ प्रविधि मार्फत व्यवसायिक परियोजना गरे केन्द्रले सहयोग गर्ने बताए । कोभिड १९का कहरले उद्योगी व्यवसायीलाई आफै उत्पादन गरेर आत्मनिर्भर बन्न सिकाएको उल्लेख गर्दै उनले १० करोड भन्दा माथिको पुँजीबाट प्राइबेट लिमिटेडमा जानन सकिने धारणा राखे ।
उनले मिल्दो जुल्दो व्यवसाय गर्ने कर्पोरेट कार्यालय खोलेर काम गर्न सुझाव दिए । चेम्बर अरु निजी क्षेत्रको संस्था भन्दा फरक भएको दाबी गर्दै उनले आफै अग्रसर भएर उद्योग व्यवसायको प्रवद्र्धन गर्न आग्रह गरे । अध्यक्ष मल्लले चेम्बरले नेपाल चिकित्सक संघको सहकार्यमा उद्योगी व्यवसायीलाई टेली मेडिसिन सेवा प्रदान गर्ने जानकारी दिए ।
भर्चुअल जुम प्रविधिबाट भएको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स (जिल्ला तथा नगर)उपाध्यक्ष दिपक श्रेष्ठले प्रदेश, जिल्ला तथा नगरका उद्योगी व्यवसायीलाई समेटेर संस्थागत विकासमा लाग्ने बताए ।
गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारलले गण्डकी प्रदेशको समृद्धिका लागि अल्पकालिन र दीर्घकालिन योजना बनाएर काम गर्ने उल्लेख गरे ।
उनले प्रविधिमैत्री सचिवालय बनाएर समग्र उद्योगी व्यवसायीका हक हितमा काम गर्ने बताए । स्थानीय सरकारसंग मिलेर व्यवसायिक परियोजना चलाउने उल्लेख गर्दै उनले चेम्बरले गण्डकी प्रदेशमा लगानी सम्मेलन गर्ने घोषणा गरे । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्यहरु भाइचन्द्र श्रेष्ठ र निर्मला लम्साल, वागमती प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष सिद्धिलाल श्रेष्ठले सबै उद्योगी व्यवसायीलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्न सरकारसंग माग गरे ।
पहिलो साधारण सभा तथा निर्वाचनमा उपाध्यक्षमा श्रीबहादुर गुरुङ महासचिवमा देवराज शर्मा सचिव विष्णुकुमार श्रेष्ठ कोषाध्यक्षमा तेजेन्द्र पौडेल निर्विरोध रुपमा चयन भएका छन् ।
कार्य समितिको सदस्यमा विजय हिराचन, भरतबहादुर रकाल, महेन्द्रमोहन भट्टराई, ज्ञानु अधिकारी, तारानाथ ढुंगाना, प्रकाश न्यौपाने, टीकाकुमारी गुरुङ, गंगाप्रसाद श्रेष्ठ, विष्णुकुमारी गुरुङ ‘एकता,’युवराज खतिवडा, अरुण गिरी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







