पोखरा । लायन्स क्लव अफ पोखरा सेती गण्डकीले पोखरा–१८ स्थित विभुती सहिद पार्कमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लवले वार्षिक कार्यक्रम अन्र्तगत आयोजना गरेको कार्यक्रममा कागती, अम्बा, एभोकाडो, बेलपत्र, गुलमोहर, धुपी, चाँप लगायतका ६५ विरुवाहरुको रोप्नुका साथै यस अघि रोपीएका विरुवाहरुको गोडमेल समेत गरेको कार्यक्रम संयोजक सरिता कार्कीले जानकारी दिइन् ।
कार्यक्रमको क्लस्टर चिफ पुरुषोत्तम पराजुलीले उद्घाटन गरेका थिए ।
यस्तै कार्यक्रममा रिजन चेयरपर्सन कृष्ण कोइराला, वेलफेयर अफ बैंक चिफ तथा क्लवका पूर्व अध्यक्ष मिलन थापा, क्लवका फस्र्ट पर्सन सिनियर एड्भाइजर थिरबहादुर थापा, पूर्व अध्यक्ष एवम् एओजी प्रिति श्रेष्ठ, जोन चेयर पर्सन अरुणा शेरचन, स्थानिय भृकुटी आमा समूहका अध्यक्ष मेनुका थापा लगायतले वृक्षरोपणको महत्व र यसको आवश्यकताका विषयमा बोलेका थिए ।
क्लवका अध्यक्ष कल्पना थापाको अध्यक्षतामा भएको कार्यक्रममा रोपिएका विरुवाहरुको स्थानिय भृकुटी आमा सम्रहले सहयोग गर्ने सहमती भएको पनि क्लवका अध्यक्ष थापाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







