अर्जेन्टिना कोपा अमेरिका फुटबलको च्याम्पियन बनेको छ।
आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोलले हराउँदै लियोनेल मेसीको अर्जेन्टिनाले उपाधि जितेको हो। यस जितसँगै कप्तान लियोनेल मेसीले अर्जेन्टिनालाई महत्वपूर्ण उपाधि दिलाएका छन्।
माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे। खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका हुन्। उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे।
बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन । ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर बाधक बने।
अर्जेन्टिनाले सन् १९९३ पछि पहिलो पटक कोपा अमेरिका कपको उपाधि जितेको हो। योसँगै लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले २८ वर्षदेखिको उपाधिको खडेरी तोडेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







