तस्बीरः एजेन्सी
विश्व नं १ अष्ट्रेलियन एसलिग बार्टीले पहिलो पटक विम्बल्डन टेनिसको उपाधि जितेकी छन्।
गएराति लन्डनमा सम्पन्न फाइनल खेलमा चेक गणतन्त्रकी कोरोलिना प्लिस्कोभाको चुनौतीलाई पार गर्दै बार्टीले पहिलोपटक विम्बल्डनको उपाधि उचालेकी हुन्।
२५ वर्षीय बार्टीले उपाधि हात पार्ने क्रममा प्लिस्कोभालाई ६–३, ६–७ (४–७) र ६–३ को सेटमा पराजित गरिन्।
सेमिफाइनलमा एन्जिलिक केर्बरलाई हराउँदै पहिलोपटक विम्बल्डनको फाइनलमा प्रवेश गरेकी बार्टीले पहिलो प्रयासमै उपाधि हात पार्न सफल बनिन्।
प्लिस्कोभाले साबलेन्कालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी थिइन्। बार्टीको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो। यसअघि उनले फ्रेन्च ओपन टेनिसको उपाधि समेत जितेकी छिन्।
पुरुषतर्फको उपाधिका लागि आज राति नोभाक जोकोभिच र माटियो बेरेटिनीले उपाधिका लागि फाइनल प्रतिस्पर्धा गर्दैछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







