तस्बीरः एजेन्सी
पाकिस्तानसँगको ३ खेलको एक दिवसीय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जितेको छ।
लर्डसमा भएको दोस्रो एक दिवसीयमा पाकिस्तानलाई ५२ रनले हराएसँगै इंग्ल्याण्डले एक खेलअघि नै श्रृंखला हात जितेको हो।
२ सय ४८ रनको लक्ष्य पाएको पाकिस्तान ४१ ओभरमा १ सय ९५ रनमा समेटिएपछि इंग्ल्याण्डको जित संभव भएको हो।
पाकिस्तानका साउद शकिलले सर्वाधिक ५६ रन बनाएपनि टोलीलाई जिताउन भने सकेनन्। इंग्ल्याण्डका लेविस ग्रेगोरीले ३, तथा क्रेग ओभर्टन, सकिब मोहमुद र माट पार्किनसनले २/२ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ४५ ओभर २ बलमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो। इंग्ल्याण्डका फिल साल्टले ६० रन तथा जेम्स भिन्सले ५६ रनको योगदान गरे। पाकिस्तानका हसन अली एक्लैले ५ विकेट लिएपछि इंग्ल्याण्ड मध्यम योगफलमा समेटिएको थियो। शृंखलाको अन्तिम तथा तेस्रो खेल मंगलबार हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







