मेस्सी कोपा अमेरिकाको सर्वाधिक गोलकर्ता


     एभरेस्ट आवाज    
     असार २८ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी यस संस्करणको कोपा अमेरिका कप फुटबलको सर्वाधिक गोलकर्ता बनेका छन्।

उनले यस संस्करणको प्रतियोगितामा कोलम्बियाका लुइस डिजालाई पछि पार्दै सर्वाधिक गोलकर्ता बनेका हुन्। मेस्सीले ४ गोलसहित ५ असिस्ट पनि गरेका हुन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल पनि जितेका छन्। अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि जिताउन महत्वपूर्ण मूमिका खेलेका मेस्सीले गोल्डेन बल पाएका छन् ।

मेस्सीको फुटबल करियरको यो पहिलो अन्तराष्ट्रिय उपाधि हो। अर्जेन्टिनाले फाइनल खेलमा ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।