विम्बल्डन टेनिसः जोकोभिचलाई २० औं ग्रान्डस्लाम उपाधि


     एभरेस्ट आवाज    
     असार २८ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

विश्व नम्बर १ सर्बियन खेलाडी नोभाक जोकोभिचले २० औं ग्रान्डस्लाम जितेका छन्। उनले यो जितसँगै विम्बल्डन टेनिसको ६ उपाधिसहित २० औं ग्रान्डस्लाम जितेका हुन्।

लण्डनमा गएराति भएको फाइनल खेलमा इटलीका माटियो बेरेटिनीलाई ६–७, ६–४,६–४ र ६–३ को सेटमा हराउँदै जोकोभिचले उपाधि हात पारेका हुन्।

योसँगै जोकोभिचले छैटौं पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन्। जोकोभिचले स्विस स्टार रोजर फेडेरर र स्पेनिस स्टार राफायल नाडालले बनाएको सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानसँग बराबरी समेत गरेका छन्। ३४ वर्षीय जोकोभिचले गएको महिना फ्रेन्च ओपन जितेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।