पोखरा । लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको छ ।
क्लवको वार्षिक कार्यक्रम अन्र्तगत आयोजना गरिएको रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको हो ।
कार्यक्रमको उद्घाटन असिस्टेन्ट चिफ एडभाइजर महेश पौडेलले पहिलो रक्तदाता कृष्ण पौडेललाई व्लड व्याग हस्तान्त्रण गरी सुरुवात गरेको कार्यक्रम संयोजक अमृता अधिकारीले जानकारी दिइन् ।
क्षेत्रिय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा डेप्युटी चिफ गोपाल थापा, डिष्ट्रिक सिनियर एडभाइजर दुर्गा कुमारी आचार्य, जीएसटी रजनी कोइराला, रिजन चेयर पर्सन पबित्रा न्यौपाने, जोन चियर पर्सन सावित्रा पौडेल, रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञावली, हरिहर मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा, लगायतले रक्तदानको महत्वको बारेमा बोलेका थिए ।
क्लवका अध्यक्ष गीता पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विद्या पौडेल अधिकारीले गरेकी थिइन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







