३ महिनामा प्राकृतिक विपत्तीबाट ११४ जनाको ज्यान गयो


     एभरेस्ट आवाज    
     असार ३० गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

पछिल्लो ३ महिनामा प्राकृतिक विपद्का घटनामा परेर १ सय १४ जनाको ज्यान गएको छ।

गृह मन्त्रालयका अनुसार वैशाख १ गतेदेखि हिँजो (मंगलबार) सम्मको तथ्यांकले पहिरोमा २९, बाढीमा २७ र डुबानमा परेर ८ जनाको ज्यान गएको उल्लेख गरेको छ।

यस्तै, चट्याङबाट ३५ जना, आगलागीबाट ११, डढेलोबाट ३ जना र हावाहुरीका कारण १ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ।

यसपालि अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम धेरै रहेको विज्ञले बताउँदै आएका छन्। बाढी पहिरो लगायतका प्राकृतिक विपद्बाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।