गण्डकी प्रदेशमा आज र भोलि दिउँसोबाट पानी पर्ने


     एभरेस्ट आवाज    
     असार ३० गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

गण्डकी प्रदेशमा आज ९बुधबार० र भोली ९बिहीबार० लगातार झरी पर्ने संभावना छ।

आज गण्डकी प्रदेश लगायत वागमती, सुदूरपश्चिम र प्रदेश–१ का केही ठाउँमा ठूलो वर्षाको संभावना छ।

आज र भोलि २ दिन बिहान र दिउँसोको समयमा पानी नपरे पनि बेलुका र रातिको समयमा पानी पर्ने संभावना रहेको मौसमविद्हरुले जनाएका छन् ।

हाल, गण्डकी प्रदेश लगायत देशका धेरै ठाउँमा वर्षा रोकिएपनि आज र भोलिको दिउँसोबाट पानी पर्ने संभावना रहेको छ।

आज विहान गण्डकी प्रदेश लगायत वागमती र सुदूरपश्चिमका केही ठाउँहरुमा मौसम बदली भएर हल्कादेखि मध्यम वर्षा भएको थियो।

यी प्रदेशमा चट्याङ र मेघगर्जनसहित पानी पर्ने संभावना पनि रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ। यसपालि मनसुन भित्रिएसँगै लगातारजसो भइरहेको वर्षाले धेरै ठाउँमा बाढी पहिरो गएको छ। यस वर्ष नेपालमा जेठमै मनसुन भित्रिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।